पृथ्वीराजमार्गको घाँसीकुवा–विमलनगर खण्ड बिहीबारदेखि दैनिक ४ घण्टा बन्द हुने

पाेखरा | फागुन १४, २०७९

पृथ्वीराजमार्गको घाँसीकुवा–विमलनगर खण्ड बिहीबारदेखि दैनिक ४ घण्टा बन्द हुने

पोखरा:    मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड अन्तर्गत घाँसीकुवादेखि विमलनगर खण्डमा मर्मतका लागि रातिको समयमा दैनिक ४ घण्टा राजमार्ग बन्द हुने भएको छ । 

 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवादेखि विमलनगर सडक खण्ड फागुन १८ देखि २७ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द गरी सडकको भित्तो काट्ने काम गर्ने निर्णय भएसँगै रातको समयमा दैनिक ४ घण्टा राजमार्ग बन्द हुने भएको हो गण्डकी प्रदेश ट्राफिक कार्यालय पोखराले जनाएको छ ।  


हाललाई १० दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पञ्चिम खण्डमा सडक विस्तारका काम भइरहेका छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्